काठमाण्डौं । माइक्रोबसबाट खसेर एक युवकको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका ४ गैडाखेडाका अशिष भट्टको बिहिबार उपचारका क्रममा मृत्यु भएको हो ।
फागुन १२ गते बिहान अफिस जाने क्रममा किर्तिपुरमा माइक्रोबाट खसेर उहाँ घाइते हुनुभएको थियो । भट्टको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।