Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सामुदायिक बिधालयका प्रधानध्यापक घुस रकम सहित पक्राउ


3.3K
Shares

सामुदायिक बिधालयका प्रधानध्यापक घुस रकम सहित पक्राउ

दैलेख – सामुदायिक बिधालयका प्रधानध्यापकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दैलेखको घुस रकमसहित पक्राउ गरेको छ । टोलीले दैलेखको नौमुले गाउँपालिका १ स्थित भैरव माध्यामिक विद्यालयका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंहलाई नगद रु ३० हजार घुससहित पक्राउ गरेको हो ।

उनले विद्यालयका शिक्षकको चौमासिक तलब र दसैं खर्च वापतको रकम उपलब्ध गराउन शिक्षकसँग पटक–पटक घुस मागेको उजुरीको आधारमा पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

घुस रकम लिइसकेको अवस्थामा प्रधानाध्यापक सिंहलाई नौमुले गाउँपालिका १ स्थित एनएमबी बैंक शाखाको शाखा प्रबन्धकको कार्यकक्षबाटै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान शुरु गरिएको आयोगका प्रवक्ता कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology