काठमाडौं । उप्रधानमन्त्री इश्वर पोखरेलले नेपाल ट्रष्टको जग्गा लिजमा दिनेहरुमा पूर्व गृहमन्त्री जनार्दन शर्मा पनि रहेको श्वेतपत्र सार्वजनिक गरेपछि शर्मा आक्रोशित बन्नु भएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री पोखरेलले श्वेतपत्रको नाममा अश्वेतपत्र जारी गरेको आरोपजनार्जन शर्माले लगाउनु भयो । उहाँले सरकारलाई समर्थन गर्दागर्दै आफुविरुद्ध किन यस्तो अन्यायपूर्ण काम गरियो जवाफ दिन प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री पोखरेलसँग आग्रह समेत गर्नुभयो ।
श्वेतपत्र भनेको त सत्य तथ्य ल्याउन हुनुपर्नेमा झुठको संग्रह किन गरियो भन्दै शर्माले प्रश्न गर्नु भयो । उहाले आफुलाई जग्गा दिनेको नाममा मुछेकोमा आपत्ति जनाउनु भयो । आफुलाई मुछिएको कारण खोज्न ट्रष्टको कार्यालय जाँदा माइन्युट पनि हेर्न नदिइएको उहाले बताउनु भयो । कर्मचारीहरूले तपाईको पालामा कुनै निर्णय नभएको जानकारी दिएको र मुख्यसचिवसँग सोध्दा पनि कुनै निर्णय भएको थिएन भनेकाले यो झुठको संग्रह श्वेत पत्र हो कि अश्वेत पत्र हो ? भन्दै उनले प्रश्न गर्नु भयो।
‘आफु मन्त्री नै नभएको समयमा गरिएको निर्णयमा मेरो नाम किन राखियो ? शर्माले भन्नुभयो, ‘लेख्नुपर्ने नाम किन लेखिएन ? यो अश्वेतपत्र किन लेखियो ? भ्रष्टाचार हुन हुँदैन भनेर दुईचार कुरा बोलेको छु त्यसैले आफुलाई यउस्तो आारोप लगाईएको भन्दै शर्माले ‘मलाई तर्साउन खोजिएको हो मलाई आत्मसमर्पण गराउन खोजेको हो असत्यको अगाडि कहिल्यै पनि आत्मसमर्पण नगर्ने शर्माले बताउनुभयो ।
सरकारले आफूलाई ढाँटे पनि जनतालाई कहिल्यै ढाट्न नसक्ने बताउनु भयो । अहिले सरकारलाई विश्वासको संकट परेको पनि संसदलाई जानकारी गराउनु भयो । आफ्नै पार्टीको सरकारलाई समर्थन गर्दागर्दै आफुमाथि अन्याय गरिएको भन्दै शर्मा आक्रोसित बन्नुभयो
यसअघि बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नाम मुछिएको भन्दै पोखरेलले सार्वजनिक गरेको श्वेतपत्रप्रति आपत्ति जनाउनु भएको थियो । पोखरेलले ताहाचलस्थित ट्रष्टको जग्गा लिजमा दिने निर्णय देउवा प्रधानमन्त्री र शर्मा गृहमन्त्री हुँदा गरिएको श्वेतपत्रमा उल्लेख गर्नु भएकोछ ।