महोत्तरी ः नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिबासमा दुर्घटनाग्रस्त भएको छ । महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उहाँ चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट घाइते हुनुभएका महासचिव मैनालीको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने पिकअफ भ्यानका चालक जित व परियारलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।