Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जामुनाबोटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीको पूर्णकदको शालिक स्थापना


1K
Shares

जामुनाबोटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीको पूर्णकदको शालिक स्थापना

पोखरा । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनु भएकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीको पूर्णकदको शालिक आज अनावरण गरिएको छ । पोखरा महानगरपालिका–१८ जामुनाबोटमा पूर्ण कदको सालिक निर्माण गरिएको हो । राष्ट्रिय विभूति तथा शहीद उद्यान व्यवस्थापन समितिद्वारा निर्मित स्व अधिकारीको शालिक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमका बीच अनावरण गर्नु भएको हो ।

उद्यान परिसरमा गण्डकी प्रदेश सरकारले शालिकसहितका संरचना निर्माणका लागि रु १५ लाख बजेट बिनियोजन गरेको थियो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले समृद्धि र विकासका लागि अधिकारीले देखाएको बाटो सबैका लागि अनुकरणीय भएको बताउनु भयो ।

उहाँका अधुरा सपनालाई साकार पार्नु हामी सबैको साझा कर्तव्य भएको बताउँदै उहाँले विकासप्रेमी नेताका रूपमा अधिकारीको स्मरण गर्नु भयो । जनप्रतिनिधि जनता र मुलुकका पक्षमा क्रियाशील हुनुपर्नेमा जोड दिँदै उहाँले चुनावमा गरेका प्रतिबद्धतालाई आत्मसात गर्नुपर्ने बताउनु भयो ।

संविधानको संशोधन राष्ट्रिय आवश्यकताका आधारमा हुनुपर्ने बताउँदै मुख्यमन्त्री गुरुङले व्यक्तिगत आवश्यकताका आधारमा संशोधन गर्न नहुने धारणा समेत राख्नुभयो । सांसद खगराज अधिकारीले स्व अधिकारीका सपनालाई पुरा गर्न अविचलितरूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

महानगरपालिका–१८ का वडाध्यक्ष एवं राष्ट्रिय विभूति तथा शहीद उद्यान व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव लक्ष्मण तिमिल्सिनाले उद्यान पोखराको पर्यटन प्रवद्र्धनमा सहयोगी बन्ने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology