काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच गोप्य भेटवार्ता भएको छ । प्रधानमन्त्री निवासमा बालुवाटारमा ओली र कोइराला बिच करिब डेढघण्टा लामो भेटवार्ता भएको बालुवाटार स्रोतले जनाएको छ ।
भेटमा काग्रेस नेता कोइरालाले नैतिकताको आधारमा राजिनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको थियो । भेटमा राष्ट्रिय राजनीति, बाँस्कोटा प्रकरण, संविधान संशोधन, नेकपाभित्रको चलिरहेको आन्तरिक कलह र कांग्रेस पार्टी र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
शेखरले व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्दा कुनै पनी बेला मुलुक दुर्घट्नामा पर्न सक्ने भन्दै त्यसो नगर्न प्रधानमन्त्री कोइरालालाई सुझाव दिनुभएको थियो । भेटमा प्रधानमन्त्री ओली देशका बारेमा निकै चिन्तित देखिएको बताइएको छ ।
पार्टीको आसन्न महाधिवेशनमा सभापती लड्ने भन्दै देश दौडाहामा रहेका कोइराला र प्रधानमन्त्रीत्रीचको यो भेटघाटलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ।