Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

राष्ट्रपती आउने भएपछि ४ वटा गाउँपालिकाले दियो आज सार्वजनिक बिदा


4.1K
Shares

राष्ट्रपती आउने भएपछि ४ वटा गाउँपालिकाले दियो आज सार्वजनिक बिदा

काठमाण्डौं – दार्चुला र बैतडीका ४ वटा गाउँपालिकाले राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणका लागि आउनुहुने भएपछि सार्वजनिक बिदा दिएका छन् । स्थानीय तहले आज (बिहिबार) का लागि सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

बैतडीको पाटन र दशरथचन्द नगरपालिका तथा दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले स्थानीय बिदा दिएको जनाइएको छ । गाउँपालिकाले राष्ट्रपती सहभागी हुने कार्यक्रममा विद्यार्थी, शिक्षक र कर्मचारीलाई राष्ट्रपतिको स्वागतमा अनिवार्यरुपमा उपस्थित हुन निर्देशन दिएको छ ।

राष्ट्रपति भण्डारीले आज पाट नगरपालिकामा भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको भवन र छात्रावास उद्घाटन, दशरथचन्द नगरपालिकाको त्रिपुरासुन्दरी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ । पाटन र दशरथचन्द दुवै नगरपालिकाले राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि राखेका छन् ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विभिन्न ठाउँमा जाँदा बिदा दिने कामको चौतर्फी विरोध हुने गरे पनि यस्तो काम रोकिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology