रुपन्देही । रुपन्देहीको अलग अलग स्थानबाट घुससहित वडाध्यक्ष र कर्मचारी पक्राउ परेका छन् । सम्मरीमायी गाउँपालिका ५ रुपन्देहिका वडाध्यक्ष श्रवणकुमार यादव ७० हजार घुससहित पक्राउ परेको अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ ।
चारकिल्ला सिफारिस गरिदिने भन्दै घुस लिँदै गरेको अवस्थामा बुधबार दिउँसो साढे १२ बजे यादव पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताउनुभयो ।
त्यसैगरी, उच्च सरकारी वकिलको कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव १५ हजार घुससहित पक्राउ परेका छन् । बन्दि प्रत्यक्षीकरणको मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवा ग्राहीबाट घुस लिँदै गरेको अबस्थामा यादव पक्राउ परेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।