झापा । गौरीगंज गाउँपालिकाबाट मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरीगंज गाउँपालि ६ देवीगंजबाट बिआर ३८८१३५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ हो । पक्राउ पर्नेहरुमा गौरीगंज गाउँपालिका(६ बस्ने २७ वर्षीय शरद कुमार माक्रा र गौरादह नगरपालिका(७ ग्वालडुब्बा बस्ने ३७ वर्षीय कालचन माक्रा रहेको प्रहरीले जानकारी दिएको छ ।
गौरीगंज गाउँपालिका ६ देवीगंजमा बस्दै आउनु भएका उपेन्द्र यादवको घरबाट सोमबार राति उक्त मोटरसाइकल चोरी भएको हो । मोटरसाईकल चोरीको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले अधियुक्तहरुलाई नियन्त्रणमा लिएको थियो ।
उक्त घटनाको अनुसन्धान गर्ने क्रममा कालचनको घरमा मोटरसाइकल चोरी गरी लुकाइछिपाई राखेको अवस्थामा फेला पारी चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुबै जनालाई चोरी मुद्धामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।