Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अन्तत नेकपाले बनाउने नै भयो वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य


2K
Shares

अन्तत नेकपाले बनाउने नै भयो वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपााको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

गौतम प्रतिनिधि सभा निर्वाचनमा बर्दिया १ बाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित हुनु भएको थियो ।
पार्टीमा अन्तर्घातका कारण आफु चुनाबमा पराजय भएको बताउँदै आउनु भएको गौतमले त्यसपछि पटक । पटक सांसद बन्न प्रयास गर्नु भएको थियो ।

राष्ट्रपतिबाट राष्ट्रिय सभामा नियुक्त हुनु भएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल आगामी २० गते सकिँदैछ भने नयाँ निर्वाचित  राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्यले फागुन २१ गते सपथ लिनुहुने कार्यक्रम रहेको छ।

यसअघि माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न नेताहरूले बामदेब गौतमलाई आग्रह गरेता पनि प्रधानमन्त्री बन्न नपाइने राष्ट्रिय सभामा आफू नजाने नेता गौतमले बताउदै आउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology