गोरखा १४, फागुन । गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले समाजबादको यात्रामा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेलको २५ औं स्मृती दिवसको अबसरमा उहाँको स्मरण गर्नुहुदै सांसद अधिकारीले शहिदले देखाएको बाटोबाट कतै बिचलित नहुने उल्लेख गर्नुभएको हो ।
शहिद रम्तेलको बलिदानीको शुरुवातले नेपालमा निरङकुस राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्नुहुदै उहाँले तत्कालिन शासक बर्गले दमनबाट सिध्याउने षडयन्त्र बिफल भएको बताउनुभयो ।
‘आजकै दिन २०५२ साल फागुन १४ गते गोरखामा स्कुल पढ्न गएका ११ बर्षिय बालक रम्तेललाई जनयुद्धका क्रममा पहिलो पटक गोली हानी हत्या गरियो, बलिदानको यो शूरुवातीले राजतन्त्रको अन्त्य भई संघियलोकतान्त्रिक गणतन्त्रको स्थापन भएको छ । सांसद अधिकारीले भन्नुभएको छ ।
सांसद अधिकारीले लेख्नुभएको छ ‘अब समाजबादको यात्रामा अघि बढ्ने कसम सहित जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेल लगायत बलिदानको कोटा पुरा गर्नुहुने शहिदहरु प्रति उहाँले श्रद्धान्जली रातो सलाम ।’