Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने गरी संविधान संशोधनको प्रस्ताव


3.2K
Shares

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने गरी संविधान संशोधनको प्रस्ताव

काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद तथा पुर्व कानुनमन्त्री शेरवहादुर तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने गरी संविधान संशोधनको प्रस्ताव राख्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा सांसद तथा पूर्व कानूनमन्त्री शेरवहादुर तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने गरी शासकीय स्वरुप बनाउनुपर्ने बताउनुभयो ।

संविधान जारी गर्ने बेला त्रुटि भएको भन्दै उहाँले अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन प्रणालीमा जानको लागि ध्यानाकर्षण गराउनुभयो । तामाङले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाँदा १ सय ५१ सदस्यीय एउटा मात्रै संसद पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था गर्न समेत प्रस्ताव राख्नुभयो ।

तामाङले संघीय संरचनालाई समन्वयकारी मात्र बनाउने र स्थानीय तहको संख्या ७ सय ५३ बाट घटाएर ३ सय ५० को हाराहारीमा ल्याउन पनि प्रस्ताव राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology