Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

दुर्लभ बन्यजन्तुको छालासहित चार जना पक्राउ


1.6K
Shares

दुर्लभ बन्यजन्तुको छालासहित चार जना पक्राउ

काठमाडौं– दुर्लभ बन्यजन्तुको छाला सहित महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चार जनालाई पक्राउ गरेको छ।

प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित सिन्धुलीको तीनपाटन गाउँपालिका–४ बालाजोरका ३९ वर्षीय सूर्यबहादुर भुजेल, धादिङको धुँनिबेसी नगरपालिका–७ झाप्रेका ४० वर्षीय सुकबहादुर लामा लाई पक्राउ गरेको हो।

पक्राउ पर्ने अन्य दुईमा  कास्कीको मादी गाउँपालिका–८ का ३७ वषीय युवराज सापकोटा र काठमाडौं बुढानिलकण्ठकी ४० वर्षीया कमला तामाङ रहेको जनाएको छ ।

कपन खरिबोटमा रेड पाण्डाको छाला किनबेचन गर्न लागेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology