काठमाण्डौं १३, फागुन । गृहमन्त्री रामहादुर थापाले गृहमा आकस्मिक बैठक डाकेर सुरक्षामा उच्च सतर्क रहन सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएको छ ।
गृहसचिव, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी कार्यालयका प्रमुखको उपस्थितिमा भएको बैठकमा गृहमन्त्रीले सवैलाई उच्च सर्तकर्ता अपनाउन निर्देशन दिनुभएको हो ।
गृहमन्त्री थापाले उपत्यकाबाहेक अन्य जिल्लामा समेत घटना हुन सक्ने भन्दै गम्भीर भएर योजनाबद्ध ढंगले सतकै रहन निर्देशन दिनुभएको हो ।