कर्णाली नदीमा जीप खस्दा चालक बेपत्ता भएक छन् । जिल्लाको रास्कोटबाट यात्रु ल्याएर जीतेगडा झारेको लु १ ज ४१४१ नम्बरको जीप रास्कोटतर्फ फिर्ता हुनका ब्याक गर्ने क्रममा जीप कर्णाली नदीमा खसेको कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।
नदीमा खसेको जीप पनि पूरै डुबेको उहाँको भनाई छ ।‘ब्याक गर्ने क्रममा गाडी खसेको हो, चालकसहितको गाडी पूरै डुबेको छ,’ डिएसपी ओलियाले भन्नुभयो, ‘गाडी निकाल्न प्रहरी र आवश्यक सामग्री त्यहाँ पठाइएको छ।’
बेपत्ता हुने चालक दैलेखको गुराँस गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्का रहेको प्रहरीले जनाएको छ।