Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोनाबाट मृत्यु हुनेको संख्या २७ सयको पुग्यो, ८० हजार भन्दा बढि संक्रमित


1.5K
Shares

कोरोनाबाट मृत्यु हुनेको संख्या २७ सयको पुग्यो, ८० हजार भन्दा बढि संक्रमित

काठमाडौं, १३ फागुन । चीनबाट सुरु भएर विश्वका २ दर्जन बढी मुलुकमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसबाट २७ सय १ जनाको मृत्यु भएको छ । मंगलबार बिहानसम्ममा चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्यान गएको छ ।

पछिल्लो विवरणअनुसार, इरानमा १२, दक्षिण कोरियामा ९, इटलीमा ७, डायमण्ड प्रिन्सेसमा ४, हङकङ २, जापान, फिलिपिन्स, ताइवान र फ्रान्समा एक/एक जनाको ज्यान गएको छ ।

कोरोनाको संकेत देखिएका २७ हजार ६६८ जनाले स्वास्थ लाभ गरिसकेका छन् ।

पछिल्लो पटक चीनमा ५०९, दक्षिण कोरियामा ६० र इटलीमा २ जना कोरोना भाइरसको संकेत देखिएको छ ।

८० हजारभन्दा बढीमा कोरोनाको लक्षण

चीनको हुवेबाट सुरु भएको भनिएको कोभिड १९ भाइरसको लक्षण ८० हजार १५० जनामा देखिएको एजेन्सीहरूले जनाएका छन् । जसमध्ये दुई हजार ४९१ चीनको मुख्य भूमि बाहिरका छन् ।

कोरोनाको लक्षण चीन बाहिर सबैभन्दा बढी दक्षिण कोरियामा ८९३ जनामा देखिएको छ । दक्षिण कोरियामा २२ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् भने ५ जना सिकिस्त छन् ।

नेपालसहित श्रीलंका, फिनल्याण्ड, इजिप्ट, कम्बोडिया र बेल्जियममा एकरएक जनामा भाइरसको लक्षण देखिएको र उनीहरू सबैले स्वास्थ्य लाभ गरिसकेका छन् ।

सिकिस्त बिरामीमध्ये मृत्युदर ९ प्रतिशत छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology