Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बास्कोटा प्रकरणको अर्को रहस्यमय घटना : ७ वटा गोप्य डायरी नै गायब


2.1K
Shares

बास्कोटा प्रकरणको अर्को  रहस्यमय घटना : ७ वटा गोप्य डायरी नै गायब

काठमाडौं, १३ फागुन । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएपछि उहाँको कार्यकक्षमा रहेको डायरी पनि गायब भएको छ । यही फागुन ८ गते तत्कालिन मन्त्री बस्कोटाको कार्यकक्षमा रहेको ७ वटा डायरी कसले लगेको हो भन्ने खुल्न नसकेपछि घटना रहस्यमय बनेको हो ।

बास्कोटाले मन्त्रीपदबाट राजीनामा दिएको दिन अख्तियारले कार्यकक्षमा छापा मारेको भन्ने समाचार सार्वजनिक भएपनि अख्तियारले त्यसलाई अस्विकार गरेपछि यस्तो खुलासा भएको हो ।तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले भने उक्त दिन निर्वतमान मन्त्री बाँस्कोटाका सचिवालयका सदस्यले नै सचिवालय र मन्त्रीको कार्यकक्षमा छापा मारेको दाबी गरेको छ ।

‘ती सदस्यहरुले बाँस्कोटाका ७ वटा डायरी लगेका हुन् ।’–स्रोतले समाचारपत्रसँग बतायो । तर, स्रोतले ती डायरीमा के–के छ भन्ने विषयमा आफूहरुलाई केही थापा नभएको बताउँदै भन्यो, ‘मन्त्रीको डायरी हेर्ने कुरै भएन नि ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology