Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

संसदको आजको बैठक चल्न दिने काग्रेसको तयारी


2K
Shares

संसदको आजको बैठक चल्न दिने काग्रेसको तयारी

काठमाण्डौं । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले सुरक्षण मुद्रण खरिदका सम्बन्धमा आर्थिक अनियमितताको प्रयास गरेको भन्दै विरोधमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपली काँग्रेसले (आज) मंगलबारको संसद् चल्न दिने भएको छ । संसद्को बैठक दिउँसो १ बजे बस्दैछ ।

यसअघि काँग्रेसले बास्कोटाको श्रव्य सामग्रीको बारेमा प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग राख्दै आएको थियो । भ्रष्टाचार बिरुद्ध अन्य दलसँग पनि सहकार्य गरेर अगाडि बढ्ने निर्णय काँग्रेसले हिजो गरेको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीसँग भ्राष्टाचारविरुद्ध एक भएर जाने र संसद्मा तीनै दललाई बोल्न दिएर सभामुख अग्नी सापकोटाले कुनै निर्देशन दिएमा संसद्मा कुनै अवरोध नगर्ने सहमति भएको काँग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।

सुरक्षण मुद्रण खरिद प्रकरणमा पूर्व मन्त्री बास्कोटाले ७० करोड कमिशन मागेको श्रव्य सामग्री सार्वजनिक भएपछि काँग्रेसले छानबिनको माग गर्दै आएको छ ।

भ्रष्टाचारको विरुद्धमा काँग्रेस, समाजवादी र राजपाबीच एक भएर जाने सहमति हिजो भएको हो । बास्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिइसक्नुभएको छ भने यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology