Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

कलंकीमा ब्रेकफेल भएको ट्रकले ९ वटा सवारीलाई ठक्कर दियो, एक जनाको मृत्यु, ४ जना घाइते


3.1K
Shares

कलंकीमा ब्रेकफेल भएको ट्रकले ९ वटा सवारीलाई ठक्कर दियो, एक जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं, १२ फागुन । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओह्रालोमा अगाडिका ट्याक्सी, कार, जिप, स्कुटरलगायतका सवारी साधनलाई ठक्कर दिएको कालिमाटी वृत्तका डीएसपी रुगम कुँवरले जानकारी दिए ।

ब्रेकफेल भएको ट्रकले एउटा स्कोरपियो गाडी, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा कार र स्कुटरलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology