Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अपराधीको मतियार नभई जनताको सेबक भएर काम गर्न प्रहरीलाई गृहमन्त्री थापाको आग्रह


1.5K
Shares

अपराधीको मतियार नभई जनताको सेबक भएर काम गर्न प्रहरीलाई गृहमन्त्री थापाको आग्रह

चितवन । गृहमन्त्री रामबहादुर थापा ९बादलल० ले अपराधीको मतियार नभई जनताको सेवक भई कामगर्न प्रहरीलाई निर्देशन दिनु भएको छ । प्रहरी चौकी जुटपानीको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै थापाले यस्तो बताउनु भएको हो । उहाँले समृद्धि र सुख एउटा पाटो र शान्तिसुरक्षा अर्को पाटो भएको बताउदै समृद्धि र सुखका लागि शान्तिसुरक्षा मजबुत हुनुपर्ने बताएउनु भयो ।

अहिले सरकारको जोड आन्तरिक सुरक्षामा रहेको भन्दै उहाँले यसको सुनिश्चित नगरेसम्म विकास सम्भव नरहेको पनि बगाउनु भयो । एक पालिका एक इलाका प्रहरी कार्यालय कार्यान्वयन गर्ने नीतिमा सरकार रहेको उहाले जानकारी दिनुभयो ।

मन्त्री थापाले प्रहरी जनताको शत्रु नभएर साथी भएको भन्दै आम जनतालाई सङ्कटबाट मुक्त गर्न प्रहरीको भूमिका हुनुपर्ने बताउनु भयो । अपराध नियन्त्रणका लागि प्रहरी र नागरिक समाजबीच एकता आवश्यक रहेको भन्दै पहाडी क्षेत्रमा प्रहरी चौकी विस्तारको रणनीतिमा सरकार रहेको उहाँले स्पष्ट पार्नु भयो ।

चितवन जिल्लाको विकास तीव्र गतिमा भइरहेको भन्दै उनले यो विकाससँगै सुरक्षाका लागि प्रहरी लागिपरेको बताए । सुरक्षाका लागि प्रदेश प्रहरी गठन र समायोजनको प्रक्रिया शुरु भएको मन्त्री थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology