सिन्धुली ।सिन्धुलीको गोलन्जोर गाँउपालिका ७ मा सवारी साधनले एक ब्याक्तिलाई ठक्कर दिएको छ । सिन्धुलीको गोलन्जोर गाँउपालिका ७ पलाँसेस्थित वीपी राजमार्गमा गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।
बिहान साढे सात बजे गाडीले पैदलयात्री स्थानीय ५५ वर्षीय नन्दलाल श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।श्रेष्ठलाई ठक्कर दिएर गाडी भागेपछि आफन्तहरूले बिहानदृखि राजमार्ग अवरूद्ध गरेका छन्।
श्रेष्ठलाई ठक्कर दिने गाडीको नम्बर पनि खुल्न नसकेको सिन्धुलीका एसपी रञ्जु सिग्देलले जानकारी दिनुभयो।