काठमाडौं । नेपाल पत्रकार महासंघ ले सभामुख अग्नी सापकोटाको ध्यानाकर्षण गराएको छ । मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन खोजेको भन्दै सच्याउन सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ ।
सापकोटालाई ज्ञापन पत्र बुझाउन पुगेको महासंघको टोलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु रहेकाले त्यसलाई बन्देज लगाउने नहुने भन्दै सच्याउन माग गरेको हो ।
कार्यबाहक अध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टसहितको टोलीले सभामुख सापकोटालाई भेटेर अभिव्यक्ति स्वतन्त्रतासँग सरोकार राख्ने कानून निर्माण गर्दा सरोकारवालाको आवाज सुन्न आग्रह गरेको थियो ।
‘मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयकलगायत सम्पूर्ण विधेयकलाई संसदीय प्रक्रियाबाट टुंग्याउने क्रममा सरोकारवालाको आवाज सुन्नुहुसने छ । सम्बन्धित पक्ष सगँ ब्यापक छलफल गर्ने कुरालाई पनि सँगसँगै लैजानु हुने कुरामा सम्माननीय सभामुख महोदयले विशेष ध्यान दिनु हुनेछ भन्ने हाम्रो विश्वास छ’ महासंघले भनेको छ ।