तनहुँ, १२ फागुन । तनँहुमा रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ । रुख काट्ने क्रममा च्यापिएर बन्दीपुर गाउँपालिका–५ कल्चोकका २६ वर्षीय सुरेश थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। कल्चोका शोभा गरङ्जा मगरको बारीमा रहेको चिलाउनेको रुख काट्ने क्रममा रुखले च्यापेर सुरेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
सुरेशको घटनास्थलमै मृत्यु भएको थियो। शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।