Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आजको मौषम : पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


4.1K
Shares

आजको मौषम : पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डौ, १२ फागुन । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशको पश्चिमी पहाडी भेगमा आंशिक बदली तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली को अवस्था रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । महाहाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहनेछ । मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षा हुने छ ।

देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा आज राति पनि हल्का हिमपातको सम्भावना देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology