Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

आँबुखैरेनी हत्याकाण्ड : श्रीमतीले श्रीमानको हत्या गरेका खुलासा


3.1K
Shares

आँबुखैरेनी हत्याकाण्ड : श्रीमतीले श्रीमानको हत्या गरेका खुलासा

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कृष्णमन्दिर बस्ने ६० वर्षीय रामबहादुर कार्कीको हत्याको आरोपमा उहाँकी श्रीमतीलाई नै प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४० वर्षीया सम्झना कार्की रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

गएको माघ १७ गते भएको घटनामा मृतककी श्रीमतीको संलग्नता भएको आशंकामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिनुभयो ।

गत माघ १८ गते बिहान रामबहादुर कार्की घरमै सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेका थिए । श्रीमान् मृत अवस्थामा फेला परेपछि श्रीमती सम्झनाले नै प्रहरीमा खबर गरेकी थिइन् ।

प्रहरीले उक्त घटनामा मृतककी श्रीमती सम्झनाले प्रयोग गर्ने मोबाइलको ‘कल डिटेल रेकर्ड’ लगायतको विवरण निकालेर अनुसन्धान गर्दा आफ्नै श्रीमानलाई कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिनुभयो।

पक्राउ परेकी कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदालतबाट आइतबार म्याद थप गरी अनुसन्धान अघि बढाइएको निरीक्षक सुवेदीले बताउनुभयो । घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology