काठमाडौं । काठमाण्डौ नागढुङ्गास्थित चेकप्वाईन्टमा अवैध लागु औषध खैरो हेरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । आज साँझ चेक जाँच गर्ने क्रममा अवैध लागु औषध खैरो हेरोइनसहित झापा शिव सत्तासी नगरपालिका– ११ घर भएकी २३ बर्षिया बिना डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाले काँकडभित्ताबाट काठमाण्डौ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसमा काठमाण्डौ आउदै गरेकी डाँगीको शरीर खानतलासी गर्दा प्लाष्टिकमा पोका पारी लुकाई छिपाइ राखेको लागुऔषध खैरो हेरोईन ४.२६ ग्राम फेला परेको जनाएको छ।