Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

धादिङ स्थित त्रिशूलीमा ट्रक खस्यो


1.4K
Shares

धादिङ स्थित त्रिशूलीमा ट्रक खस्यो

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका –९ स्थित ज्यामिरेघाटबाट त्रिशूली नदीमा ट्रक खसेको छ । आईतबार बिहान ट्रक नदीमा खस्दा चालकको घटना स्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परि सहचालक सप्तरी रुपनगर बस्ने १८ बर्षका राजेश बिक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा ट्रक चालक मकवानपुर भिमफेदी गाउँपालिका २ का ४६ बर्षिय बिखे थोकर रहेको प्रहरीले जनाएको छ । उहाँको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हो।

सिमेन्ट बोकेर बिरगंजबाट काभ्रेको बनेपातर्फ जाँदै गरेको ट्रक ना ५ ख ३७७७ नम्बरको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खसेको हो। ट्रक आफै अनियन्त्रित भई सडकबाट करिव १ सय मिटर तल खसेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology