काठमाण्डौ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन मागेको अडियो बाहिरिएपछि राजीनामा बुझाएर पदमुक्त हुनुभएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा बिरुद्ध अख्तियारमा उजुरी परेको छ । बास्कोटमा माथी छानबिन गरि कारवाहीको माग गर्दैै आइतबार अख्तियारमा उजुरी परेको हो ।
बाँस्कोटालाई भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारबाही गर्न भन्दै प्रितम सुवेदी र विजयबाबु शिवाकोटीले आयोगको टंगालस्थित कार्यालयमा पुगेर उजुरी दिएका हुन्।
अख्तियारमा परेको उजुरी पत्रमा भनिएको छ, ‘नेपाल सरकारले किन्ने प्रक्रियामा रहेको सुरक्षण छपाइ मेसिनको खरिद प्रक्रियामा स्वीजरल्यान्डस्थित एक कम्पनीका स्थानीय प्रतिनिधिसँग करोडौँ घुस मागेको तथा उक्त प्रक्रियामा आफूले घुस खाने उद्देश्यले अनुमानित लागत बढाउने गरि छलफल उल्लेख गरिएको छ ।’ उजुरीमा भ्रष्टाचारजन्य कसुरमा छानबिन गरी कारबाही गर्न माग गरेका छन्। ‘