Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

तनहुँको कमलबारीमा बस एक आपसमा ठोक्किएर दुर्घटना


1.4K
Shares

तनहुँको कमलबारीमा बस एक आपसमा ठोक्किएर दुर्घटना

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ स्थित कमलबारीमा आज दुई वटा बस एक आपसमा ठोक्एिर दुर्घटना भएको छ । दुर्घटनामा परि दुई बसका गरि ४३ जना भन्दा बढि यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डुम्रेबाट दमौली जादै गरेको ना ५ ख २८५६ नम्बरको बस र दमौलिबाट मुग्लिङ्ग तर्फ आउदै गरेको ना ७ ख २०६ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटना घाइते भएकाहरुको दमौलीको रत्नहरि अस्पताल, एपोलो अस्पतालमा १३ र दमौली अस्पतालमा ३ जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

ना ५ ख २८५६ नम्बरको बस चालक भरतपुर उपनगरपालिका १४ का ४६ वर्षीय ढकमणि महतो सहित ५ गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरा र चितवन पठाइएको प्रहरीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology