गोरखा ११, फागुन ।
“नेतृत्वदायी भूमिकामा जुनियर तथा युवा, हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ गोरखामा आइतबार देखि नेपाल जुनियर तथा युवा रेडक्रसको ४० औं गोष्ठी शुरु भएको छ । गोरखामा पहिलोपटक राष्ट्रिय गोष्ठी भव्य रूपमा आयोजना गरिएको हो । गोष्ठीको उद्घाटनअघि बिहान सदरमुकामको रङशाला चोकदेखि जिविसचोक, कालिमाटी, शक्तिचोक, पुरानो बसपार्क, छिपीटोल, ठूलो आगाँन छहरे हुदै महेन्द्र ज्वोती मध्यामिक बिधालय ¥याली निकालिएको थियो ।

जुनियर तथा युवाहरू भनेको नेपाल रेडक्रसको मेरूरूदण्ड हुन् । नेपाल रेडक्रसको सम्पूर्ण संगठनात्मक सञ्जाल र सदस्य संख्यालाई हेर्दा करिव ७९ प्रतिशत जुनियर तथा युवा रेडक्रस सर्कलले ओगटेका छन् । नेपाल रेडक्रसका ६ हजार २ सय ५५ जुनियर तथा युवा सर्कलहरूमा आवद्ध भई मानवीय सेवामा संलग्न ८ लाख ५२ हजार ४६८ जना जुनियर तथा युवा सदस्यहरू रहेका छन् ।

नेपाल रेडक्रसको समग्र संगठनको तस्विर झल्काउनका लागि अहंम भूमिका निर्वाह गर्ने जुनियर तथा युवाहरू, शिक्षक नायकहरूको मन र मस्तिष्कमा सदैव “म सेवा गर्छु” भन्ने मूल मन्त्रसहित ७ वटा कार्यक्षेत्रमा क्रियाशील रहँदै आएक छन् ।देशभरका जुनियर तथा युवा तथा शिक्षक नायकहरू एकै थलोमा भेला भै आफ्रना अनुभव र ज्ञानलाई ब्यवहारमा उतार्न र स्वयंसेवाको भावनामा थप उजागर बनाउने उद्देश्यकासाथ यस राष्ट्रिय गोष्ठीको आयोजना गरिएको हो ।

गोष्ठीले मसामयिक राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सवालहरूमा छलफल गर्ने र ती सवालहरूमाः क्षमता अभिवृद्धि गर्ने,जुनियर–युवा रेडक्रसको नीति तथा निर्दे्शिका एवं संगठनात्मक स्वरूपको साथै सम्पन्न गतिविधिहरूको सिकाई का बारेमा जानकारी आदान प्रदान गरीे विगत वर्षमा गरेका कामको समीक्षा र आगामी वर्षका लागि कार्यक्रमगत दिशानिर्देश गर्नेछ ।