भरतपुर । माडीनगरपालिका वडा नः १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलको अनसनका कारण स्वास्थ्य अवस्था कमजोर बन्न थालेको छ । फागुन ७ गते देखि उहाँ आमरण अनसनमा बस्नुभएको हो । ७ बुँदे माग राख्दै अनसन थालेका पौडेलको रगतमा चिनीको मात्रा मा कमी देखिएको चिकित्सकले बताएका छन ।
जसका कारण रगतमा अक्सिजन कमी हुन थालेको चिकित्सकले जानकारी दिएको छ । बरुवामा रहेको वडा कार्यालय नजिकैको चौतारामा उहाँले अनसन थाल्नु भएको हो । उहाँले अनसन स्थलबाटै वडाका सिफारिस लगायतका सेवा समेत दिँदै आउनु भएको छ । उहाले माग पुरा नभए अनसन नरोक्ने अडान लिँदै आउनु भएको छ ।
उहाको “स्वास्थ्यमा समस्या देखिएको छ, तर आत्मबल घटेको छैन,” वडाध्यक्ष पौडेलले भन्नुभयो “समस्या निराकरण हुने सुनिश्चित नभएसम्म अनसन रोक्दिन ।” माडी चितवन राष्ट्रिय निकुञ्जको काखैमा छ । माडीमा वर्षेनी जंगली जनावरको आक्रमणबाट स्थानीयले ज्यान गुमाउनुपर्ने अवस्था रहदै आएको छ ।
राष्ट्रिय निकुञ्ज सम्बन्धी ऐन २०२९ लाई विनियम संशोधन गर्न बनेको पाँचौ संसोधन नियमावली समेत जनपक्षीय नभएकाले पुनः संशोधन गर्नुपर्ने, निकुञ्जबाट बढी प्रभावित बस्ती बाँदरझुला, अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने, लागत तथा उत्पादनको आधारमा बालीको क्षतीपूर्तिको व्यवस्था हुनुपर्ने लगायतका माग राखेका छन् ।