Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

फेसबुकमा २७ करोड ५० लाख अकाउन्ट नक्कली


1.9K
Shares

फेसबुकमा २७ करोड ५० लाख अकाउन्ट नक्कली

साढे २ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको सोसल मिडिया साइट फेसबुकमा २७ करोड ५० लाख अकाउन्ट नक्कली रहेको पाइएको छ ।

फेसबुकले सार्वजनिक गरेको सन् २०१९ को वार्षिक प्रतिवेदन अनुसार सन् २०१९ को डिसेम्बर सम्ममा फेसबुकमा २७ करोड ५० लाख डुप्लिकेट अकाउन्ट रहेका छन् ।

‘डिसेम्बर ३१ सम्ममा हामीसँग २ अर्ब ५० करोड मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् । यो भनेको सन् २०१८ को डिसेम्बर ३१ भन्दा ८ प्रतिशतले बढी हो । सन् २०१८ को तुलनामा भारत, इण्डोनेसिया र फिलिपिन्समा फेसबुक प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ’, फेसबुकले आफ्नो प्रतिवेदनमा भनेको छ ।

रिपोर्ट अनुसार फेसबुकका मासिक सक्रिय प्रक्रियोकर्ताको ११ प्रतिशत डुप्लिकेट अकाउन्ट रहेका छन् । भियतनाम तथा फिलिपिन्सलगायतका विकासशील देशमा यस्ता डुप्लिकेट अकाउन्टको संख्या बढिरहेको फेसबुकले जनाएको छ ।

फेसबुकका अनुसार कुनै पनि एकजना प्रयोगकर्ताले आफ्नो मूल फेसबुक अकाउन्ट बाहेक खोलेका अन्य अकाउन्टहरुलाई डुप्लिकेट अकाउन्टको सूचीमा राखिएको छ ।

त्यस्तै फेसबुकमा छद्म अकाउन्टको संख्या पनि उल्लेख्य छ । फेसबुकका अनुसार कुनै पनि मानिसले आफ्नो मूल अकाउन्टका अतिरिक्त आफ्नो व्यवसाय तथा घरपालुवा जनावर इत्यादिका नाममा खोलेका अकाउन्टका साथै फेसबुकको नियम विपरीत स्पामिङका लागि खोलिएका फर्जी अकाउन्टहरुलाई छद्म अकाउन्टको रुपमा रहेका छन् ।

त्यस्ता छद्म अकाउन्टको संख्या फेसबुकका कूल मासिक सक्रिय प्रयोगकर्ताको संख्याको ५ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ । नमूना संकलन तथा विश्लेषण विधिबाट फेसबुकमा रहेका यस्ता डुप्लिकेट तथा छद्म अकाउन्टको संख्या आँकलन गरिएको फेसबुकको रिपोर्टमा उल्लेख छ ।

यस्ता फर्जी अकाउन्टहरुको वास्तविक मापन गर्न कठिन हुने र नमूना छनोट विधिबाट गरिएको आँकलनभन्दा वास्तविक संख्या फरक पनि हुन सक्ने फेसबुकको प्रष्टोक्ति छ ।

वार्षिक प्रतिवेदन अनुसार फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या एक अर्ब ६६ करोड पुगेको छ । जुन गत वर्ष एक अर्ब ५२ करोड थियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology