दीपक श्रेष्ठ
गोरखा १०, फागुन । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि गोरखा जिल्लाको पर्यटन प्रर्बद्धनका लागि शनिबार मोटरसाईकल ¥याली शुरु भएको छ । जिल्ला भित्रका बिभिन्न्न ऐतिहासिक तथा पुरातात्विक स्थलको प्रचार–प्रसारका लागि गोरखा सदरमुकामदेखि बारपाक हुदै पुनः सदरमुकामसम्म आइपुग्ने गरि मोटरसाईकल ¥याली शुरु भएको होे । युथ क्लव अफ गोरखाको आयोजना तथा गोरखा नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकाको सह–आयोजनामा ¥यालीको आयोजना गरिएको हो । ¥यालीमा १ सय २३ जनाको सहभागिता रहेको क्लबका सचिव सुमन गुरुङले जानकारी दिनुभयो ।
सदरमुकामबाट शुरु भएको मोटरसाईकल ¥याली आज ध्याम्पेसाल–सुलिकोट–ताकुकोट–सौरपानी–ढोडेनी बजार–बालुवा हुदै गोरखा भुकम्पको केन्द्रबिन्दु बारपाकमा पुगेर भोलि सदरमुकाम आइपुग्ने उहाँले बताउनुभयो । ‘¥यालीमा सहभागी भएकाहरु शनिबार बारपाकमै रहनु हुनेछ र पुनः अर्को बाटो बारपाक–बालुवा–नयाँसाँघु–चोरकाटे–छेवेटार बजार–१२ किलो बजारहुदै आइतबार सदरमुकाम आईपुग्ने कार्यक्रम छ ।’ सचिव थापाले भन्नुभयो ।’
¥यालीमा सहभागीहरुलाई बारपाकमा भव्य स्वागत गरिएको बारापाक सुलीकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्टले जानकारी दिनुभयो । बिहान सदरमुकामबाट उहाँहरुलाई स्थानिय नेवारी परम्परा अनुसार नेवार समुदायका महिलाहरुले अण्डा, दही, माछा सहितको सगुन खुवाएर टिका लगाई बिदाई गरिएको छ। सहभागीहरुको स्वास्थ्यमा समस्या आउनसक्ने तर्फ ध्यान दिदै मोटरसाईकल ¥यालीमा स्वास्थ्यकर्मी सहितको ३ वटा एम्बुलेन्स समेत पठाइएको आयोजकले जनाएको छ ।
त्यस्तैगरि सहभागीहरुको मोटरसाईकलमा कुनै पनि समस्या आएमा तत्काल मर्मतका लागि प्राबिधिकको २ वटा टोली समेत त्यसतर्फ पठाइएको क्बल सचिव गुरुङले जानकारी दिनुभयो । ‘बिच बाटोमा सहभागीको मोटरसाईकलमा समस्या आउनसक्छ, उहाँले भन्नुभयो, त्यस्तो अबस्था तत्काल मर्मतका गर्ने व्यवस्थापनि हामीले आफैले मिलाएका छौ ।’ ¥यालीमा सहभागी हुनेहरु मध्ये लक्की ड्र मार्फत ३ जनालाई क्रमश रु १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार सहित सन्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी अन्य ५ जनालाई मोबाईल र १० जनालाई हेल्मेट उपहार प्रदान गरिने क्बलका सचिव थापाले बताउनुभयो । मोटरसाईकल ¥यालीको शुभारम्भ गर्नुहुदै गोरखा नगरपालिकाका गोरखाका प्रमुख राजनराज पन्तले यस्ता खालका कार्यक्रमले समग्र गोरखा जिल्लाको पर्यटन क्षेत्रको बिकास र आर्थिक सम्बृद्धिको यात्रालाई अगाडी बढाउन महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो । ‘गोरखा धेरै पर्यटकिय क्षेत्रको पहिचान भईसकेको छ, तर पनि ती क्षेत्रका प्रचारप्रसारको अभावमा हामी पछाडी परेका छौ, उहाँले भन्नुभयो, यस्ता खालका कार्यक्रमले प्रचारप्रसारमा मद्दत पु¥याउछ ।’
उहाँले गोरखा सदरमुकामदेखि बारपाकसम्म हुने २ दिने मोटरसाईकल ¥यालीले नेपालभरी नै गोरखाको पर्यटकिय स्थलको प्रचार–प्रसार हुने विश्वास व्यक्त गर्नुभयो । –यालीमा सहभागी हुन काठमाण्डौदेखि पनि सहभागीहरु गोरखा आएका छन् ।