Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

बोर्लाङ्ग सेवा समाजको बृहत भेला सम्पन्न : गाउँको तिव्र बिकासका लागि एकजुट हुने प्रतिबद्धता


13K
Shares

बोर्लाङ्ग सेवा समाजको बृहत भेला सम्पन्न : गाउँको तिव्र बिकासका लागि एकजुट हुने प्रतिबद्धता

बिमल श्रेष्ठ

काठमाडौ, १० फागुन । बोर्लाङ्ग सेवा समाज काठमाण्डौको आयोजनामा आज बोर्लाङ्गको बिकासका लागि बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोरखा जिल्लाको साबिकको बोर्लाङ्ग गा.वि.स हाल भिमसेन थापा गाँउपालिका वडा नम्बर ७ र ८ को बिकासका लागि काठमाण्डौमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

ऐतिहासिक र भौगोलिक दृष्टिकोणले महत्वपूर्ण रहेपनि बिकास निर्माणका हिसावले गति लिन नसकेको बोर्लाङको तिव्र बिकासका लागि बोर्लाङ घरभई राजधानीमा रहेका युवा, बुद्धिजिबी र समाजसेवीहरु एकै ठाउँमा उभिएका हुन् । करिब १३ बर्ष बर्ष अघि स्थापना भएको बोर्लाङ्ग सेवा समाज मार्फत बोर्लाङको बिकासका लागि योजनाबद्ध ढंगले अघि बढ्ने भेलाले प्रतिबद्धता जनाएको छ ।

‘स्थापना भएदेखि समाजले सक्रियताका साथ काम गर्न सकि रहेको थिएन, यसलाई पुनः जिवित पार्नका लागि पुन भेला गरिएको हो ।’ संस्थाका सचिव भुवन श्रेष्ठले भन्नुभयो । संस्थालाई गति दिन आजको भेलाबाट १५ सदस्सिय समिति समेत गठन गरिएको उहाँले बताउनुभयो ।

साबिकको बोर्लाङ्ग गाविसको हरेक वडाबाट कम्तिमा १/१ जना रहने गरि समिति गठन गरिएको आयोजकले जनाएको छ । भेलाले बोर्लाङ्गको बिकास र पुर्नजागरणका लागि समाजले सक्रिय भएर लाग्ने प्रतिबद्धता सहभागीहरुले गरेका छन् ।

समितिमा राम प्रसाद पाण्डे, नवराज पाण्डे, बिनोद ढकाल, राजन पौडेल, भरत थापा, देवकी पाण्डे, लालिमा श्रेष्ठ, राजन ढकाल, आइत गुरुङ, हरि सिम्खडा, अर्जुन कुमाल, गणेश दुवाडी, सन्दिप रेग्मी, सन्जीव रेग्मी र शम्भु जङ थापा चयन हुनु भएको छ । समितिले ३ महिना भित्र अधिवेशन हुने गरि काम अघि बढाउने भेलाले निर्णय गरेको जनाइएको छ ।

भेलाको उद्घाटन कार्यक्रममा बोल्दै भीमसेन थापा गाउँपालिका–७ का अध्यक्ष नारायण श्रेष्ठले सामाजिक काम गर्दा सबै अग्रसर भएर लाग्नसके मात्र बिकास सम्भव हुने बताउनु भयो । “बाहिर बसेर बिरोध मात्र गर्नु भन्दा पनि कसरी बिकासका कामहरु अगाडि बढाउन सकिन्छ सल्लाह र सुझाव पनि दिनुपर्छ, उहाले भन्नुभयो ‘बसेर छलफल गरेर काम अघि बढाउन सकेमात्र हामीले भनेको बिकास हुनसक्छ ।’ उहाँले आफ्नो कार्यकालमा वडामा एक घर एक धाराको अभियान पुरा गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

भेलालाई सम्बोधन गर्नुहुदै श्री सरस्वती माध्यमिक बिधालय बोर्लाङ्गका भूतपूर्व प्रधानाध्यापक चित्र कुमार श्रेष्ठले बिकास निर्माणमा आएका बजेट सहि सदुपयोग गरे मात्र तिब्र रुपमा बिकास हुन सक्ने बताउनुभयो । भीमसेन थापाको जन्म थलोको संरक्षण र पुख्यौली सम्पतीको जगेर्ना गर्न सके बोर्लाङ्गको पर्यटन बिकास समेत गर्न सकिने उहाँको भनाई छ ।

कार्यक्रममा भीमसेन थापा गाउँपालिकाका प्रशासकिय प्रमुख कृष्णजङ्ग थापा, श्री सरस्वती माध्यमिक बिधालयका प्रधानाध्यापक रामचन्द्र पौड्याल, श्री पाटनदेवी माध्यमिक बिधालयका पूर्वप्रधानाध्यापक हरिदत्त खनाल लगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम बोर्लाङ्ग सेवा समाजका अध्यक्ष एक देव अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology