काठमाडौं । माडी नगरपालिकाका वडा १ का जनप्रतिनिधि अनसनमा बसेका छन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सम्बन्धी ऐन २०२९ को विनियम संशोधन नियमावली २०७६ को बिरोध गर्दै जनप्रतिनिधि आमरण अनसनमा बसेका छन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण र पाँचौं संशोधन नियमावली २०७६ ले माडी जस्तो महत्वपूर्ण क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको चितवनको माडी नगरपालिकाका स्थानीयवासीले आरेप लगाएका छन ।
माडीका जनप्रतिनिधिहरुको मागबारे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेपालीका काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै ऐक्यदद्धता जनाएका हुन । नेपाली काग्रेसले तत्काल माग पूरा गर्ने तर्फ संबन्धित पक्षको ध्यान जाओस बिज्ञप्तीमा भनेकोे छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण र पाँचौं संशोधन नियमावली २०७६ ले माडी जस्तो महत्वपूर्ण क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको गुनासो पनि गरेको छ । मानव अधिकारसहितको संरक्षणका लागि पुनः संशोधन हुनु पर्ने माग माडी गाउपालीका जनप्रतिनिधिले गरेका छन ।