Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बसले कुल्चीदा एक महिलाको मृत्यु


1.7K
Shares

बसले कुल्चीदा एक महिलाको मृत्यु

दमौली। पृथ्वीराजमार्गको तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ९६१८ नम्बरको बसले ठक्कर दिँदा सोही बसमा सवार अन्दाजी ६५ वर्षीया महिलाको मृत्यु भए पनि नामथर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

सोही बसमा सवार रहेकी महिला ओर्लिएपछि बसको पाङ्ग्राले किचेको प्रहरीले जानकारी दिएको छ । घाइते महिलाको दमौली अस्पतालमा उपचार गर्न लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology