रौतहट । रौतहटको मौलापुर नगरपालिका ४ स्थित अर्चना पोेलीक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दै आएका ३५ बर्षिय श्यामशुन्दर पटेललाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । आफनै क्लिनिककी महिला सहकर्मीलाई बिवाहको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोपमा चिकित्सक पटेललाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित महिलाको जाहेरीको आधारमा अहेव पटेलमाथी जबरदस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।
बिवाहगर्ने प्रलोभन देखाएर आफुलाई पटक–पटक यौनशोषण गरेको पीडितको भनाई छ । पटेलले करणी गरेकाले तीन महिनाको गर्भवती रहेको पीडितले बताउनु भएको छ। एकबर्ष पहिले पनि पटेलकै गर्भ बसेको र बिभिन्न डरत्रास देखाएर औषधीबाट गर्भ तुहाउन लगाएको उहाँको भनाई छ।