कास्की । मदिरा पिएर कार चलाउँदा कास्कीको पोखरामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ३ जना घाइते भएका छन् ।
मदिरा पिएका कार चालक २८ वर्षीय शिव पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग २ ख ७७६३ नम्बरको कार दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका–१७ की २१ वर्षीय जमुना क्षेत्री मृत्यु भएको रहरीले जनाएको छ ।
दुर्घटनामा जमुनाकी डेढ वर्षकी छोरी, पोखरा बस्दै आएकी २१ वर्षीय बिना थापामगर र उहाँको चार वर्षीय छोरा अनिष घाइते भएका भएका छन् । घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।