Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेकपा कार्यदलको सुझावः एमसीसी यथास्थितिमा पारित गर्न हुदैन


1.7K
Shares

नेकपा कार्यदलको सुझावः एमसीसी यथास्थितिमा पारित गर्न हुदैन

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत नेपाल र अमेरिकी सरकारबीच भएको अनुदान सम्झौतालाई सुधार नगरी पारित गर्न नसकिने सुझाव नेकपाद्धारा गठित कार्यादलले दिएको छ । पार्टीको केन्द्रीय कमिटीमा भएको लामो विवादपछि नेकपाले पूर्व प्रधानमन्त्री खनालको नेतृत्वमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र नेता भीम रावल सम्मिलित कार्यदलले शुक्रबार अध्यक्षद्ध्यलाई प्रतिबदेन बुझाउदै यस्तो सुझाव दिएको हो ।

२० दिन काम गरेको उक्त कार्यदलले शुक्रवार साँझ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता समेत रहनु भएका कार्यदलका संयोजक झलनाथ खनालले जानकारी दिनुभयो । पूर्व प्रधानमन्त्री खनालले सुरूमा कार्यदलका सदस्यहरूबिच एमसीसीलाई लिएर विवाद भएको भएपनि अहिले तीन जना सदस्यले नै संयुक्त निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

कार्यदलको सुझाव पार्टीका अध्यक्षहरूले अध्ययन गरेपछि सचिवालयमा पेस गरेर विस्तारै सार्वजनिक गरिने भन्दै उहाँले भन्नुभयो, ‘हामीले जुन सुझावहरू प्रस्तुत गरेको छौँ, ती सुझाव अनुरूप यो सम्झौतालाई सुधार नगरी लागु गर्न सकिदैँन। यो यथास्थितिमा पारित हुँदैन।’ उहाँले कार्यदलका निष्कर्षहरू पार्टीले लागु गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology