Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका स्थानीय र कर्मचारी बिच भएको भलिबल प्रतियोगिताको उपाधी कर्मचारीलाई


3.9K
Shares

गोरखाका स्थानीय र कर्मचारी बिच भएको भलिबल प्रतियोगिताको उपाधी कर्मचारीलाई

९ फाल्गुन । सेना दिबस तथा महाशिवरात्री अवसरमा आयोजित ‘गोरखा मैत्रीपूर्ण भलिबल प्रतियोगिता ट्रफि’ खेलको उपाधी राष्ट्रसेवक कर्मचारी टिमले जितेको छ । नेपाली सेना रणसिंह दल गण गोरखाको आयोजनामा गोरखा सदरमुकामको रानीपोखरी ब्यारेकमा सम्पन्न भएको थियो ।

रणसिंह दल ब्यारेकमा आयोजित प्रतियोगितामा गोरखा जिल्लाबासीको टिम उपबिजेता भएको छ ।बिजेता टिम र खेलाडीलाई कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र प्रमुख अथिति गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले पुरस्कार बितरण गरेका थिए ।

बेस्ट अफ फाईभमा खेलाईएको पहिलो खेल २५–११, दोस्रो २५–१९ को सेटमा कर्मचारी टिमले जित्यो । तेस्रो खेल २५–२०, चौँथो खेल २७–२५ को सेटमा जिल्लाबासीको टिमले जित्यो । अन्तत फाईनल खेल १५–९ को अन्तरमा जित्दै राष्ट्रसेवक कर्मचारीको टिम बिजयी बनेको हो ।

बेस्ट अफ फाईभमा खेलाईएको खेलमा राष्ट्रसेवक कर्मचारीको टिमले ट्रफि मेडल प्रमाण पत्र पाएको छ भने उप बिजेता गोरखा जिल्लाबासीको टिमले मेडल र प्रमाण पत्र पाएको छ । सेना दिबसको अवसर पारेर एउटा उत्सवको रुपमा खेलकुद गतिविधी गरिएको रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology