दोलखा । दोलखा कालिञ्चोक गाउँपालिकामा शिवरात्रीको अबसरमा डोरी टाँगेर पैसा उठाउदै गरेका एक बालकको बसको ठक्करबाट मृत्यु भएको छ ।
दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ यात्रु बोकेर आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट स्थानीय बालक पुजन थामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्न्त्रणमा लिएको छ ।