Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गाजाँ खाने, हुलदंगा गर्ने र पाकेट मार्न खोज्ने ४५ जना पक्राउ


5.4K
Shares

गाजाँ खाने, हुलदंगा गर्ने र पाकेट मार्न खोज्ने ४५ जना पक्राउ

काठमाडौ । पशुपति क्षेत्रबाटप्रहरीले गाजा खाने पाकेट मार्न खोज्ने ४५ जनालाई पक्राउ गरेको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले गाँजा खाने, हुलदंगा गर्ने र पाकेट मार्न खोज्नेलाई नियन्त्रणमा लिइएको जानकारी दिनु भयो ।

शिवरात्रिको अवसरमा आज पशुपति क्षेत्रमा दर्शनार्थीको बाक्लो उपस्थिति रहेको छ । शिवरात्रिमा पशुपति क्षेत्रमा दर्शन गर्नबाहेक गाँजा खाने र धनमाल लुटपाट गर्न जानेको पनि बाक्लो उपस्थिति रहदै आएको पाईन्छ ।

प्रवक्ता बोगटीले पक्राउ गरिएका मध्ये २० जनाभन्दा बढीलाई गाँजा सेवनको आरोपमा नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology