Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रचण्डले भन्नुभयो, ‘सत्तामा पुगेपछि कम्युनिष्ट नेताहरु आर्दशबाट बिचलित हुनेगरेका छन् ’ (फोटो फिचर सहित)


4.3K
Shares

प्रचण्डले भन्नुभयो, ‘सत्तामा पुगेपछि कम्युनिष्ट नेताहरु आर्दशबाट बिचलित हुनेगरेका छन् ’ (फोटो फिचर सहित)

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिस्ट पार्टीका नेताहरु आफ्नो आदर्शबाट विचलित हुने गरेको बताउनु भएको छ ।। उहाँले बिश्व कम्युनिष्ट इतिहास तर्फ लक्षित गर्दै नेपालमा पनि त्यस्तो देखिने गरेको बताउनुभयो ।

कम्युनिस्ट पार्टीका संस्थापक नेता नरायाणविलास जोशी समृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई शुक्रबार भक्तपुरमा सम्बोधन गर्नुुहदै अध्यक्ष प्रचण्डले कम्युनिस्टहरु क्रान्तिमा हुँदा जनताको मन जित्न सक्ने भएपनि सत्तामा पुगेपछि विचलित हुन थालेको धेरै उदाहरण भएको बताउनुुभयो ।

‘सत्तामा नहुँदा, आन्दोलन र क्रान्तिमा हुँदा निकै ठुलो त्याग, तपस्या र बलिदान गर्नसक्ने, जनतासँग घुलमिल हुनसक्ने जनता जहाँबस्छन् त्यहीँ, जे खान्छन् त्यहीँ खाने, जनता जसरी काम गर्छन त्यसरी नै काम गरेर जनताको मन जित्न सक्ने र नभएको सत्ता प्राप्त गर्न सक्ने कम्युनिस्ट पार्टी हुन् । तर, सत्ता प्राप्त गरिसकेपछि कही न कहीँ त्यो अदर्शबाट विचलित हुने गरेका घट्ना विश्व इतिहासमा पनि छन् । नेपालको इतिहासमा पनि त्यस्ता संकेत लक्ष्णहरु देखिने गरेका छन्’, अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा भन्नुभयो ।

तस्विर : प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाको फेसबुकबाट साभार

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology