Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

क्यान्सर पीडितलाई साढे ४ लाख आर्थिक सहयोग


7.2K
Shares

क्यान्सर पीडितलाई साढे ४ लाख आर्थिक सहयोग

गलकोट । सेवा नै धर्म हो भन्ने उद्घोषका साथ गैरे सेवा समाज चितवन जापानले क्यान्सर पीडित नन्दकलि पुनलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

गलकोट नगरपालिका वडा नं. २ बयली निवासी ५० वर्षका क्यान्सर पीडित नन्दकली पुन बचाउ अभियानको क्रममा जापानमा संकलित रकम हिजो एक कार्यक्रमकाबीच पुनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै नगद ४ लाख ४२ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

क्यान्सर पीडित पुनको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भएपछि पुनको उपचारको लागि पुन बचाउ अभियान जापानमा सञ्चालन गरिएको गैरे समाज जापानका सहकोषाध्यक्ष लक्ष्मण गैरेको भनाइ छ ।

पुनको भरतपुर क्यान्सर अस्पतालमा अप्रेशन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology