गोरखा ९ फागनु । जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी जवान रामबहादुर महतोलाई बिहिबार माघ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ । बिगत केहि समयदेखि कार्यालयमा उत्कृष्ट कार्य गरे बापत एकजनालाई एक महिनाका लागि उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको कार्यालयले माघ महिनामा महतोलाई उत्कृष्ट प्रहरी घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

महतोले समाजमा शान्ति सुरक्षा कायम गर्नु सूचना संकलन र अपराध अनुसन्धान कार्यमा उत्कृष्ट योगदान दिई नतिजा दिन सफल हुनभएकाले उत्कृष्ट घोषणा गरिएको उहाँले जानकारी दिनुभयो । उत्कृष्ट घोषित हुन सफल प्रहरी जवान महतोको फोटो एक महिनासम्म प्रहरी कार्यलयमा देखिने गरि राखिने समेत कार्यालयले जनाएको छ ।