Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सम्बृद्ध राष्ट्रको सपना छिट्टै पुरा हुन्छ : सांसद अधिकारी


2.7K
Shares

सम्बृद्ध राष्ट्रको सपना छिट्टै पुरा हुन्छ : सांसद अधिकारी

गोरखा ८, फागुन  गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले सम्बृद्ध राष्ट्रको सपना छिट्टै पुरा हुने बताउनु भएको छ । गोरखाको शहिद लखन गाउँपालिका– ५ स्थित श्री जलदेवी माध्यामिक बिधालयको ४२ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको उद्घाटन कार्यक्रममा बोल्नुहुदै सांसद अधिकारीले यस्तो बताउनु भएको हो ।

लामो समयसम्म राजनीतिक हिसावले तरल अबस्थामा भएको रहेको राष्ट्र एउटा बाटोमा अघि बढिसकेको भन्दै उहाँले अब देशमा आर्थिक सम्बृद्धिको पालो आएको बताउनुभयो । ‘सवै कुरा एकैपटक भईहाल्ने होइन, उहाँले भन्नुभयो, राज्यले यतिबेला जहाँ जे सम्भव छ, त्यहि गरेर भएपनि आर्थिक बिकास र सम्बृद्धिलाई प्राथामिकता दिएर काम गरिरहेको छ ।’

सांसद अधिकारीले देशमा आर्थिक परिवर्तनका लागि उत्पादनमा जोड दिनुपर्ने भन्दै आर्थिक उर्पाजन हुने क्षेत्रमा लाग्न सवैलाई आग्रह गर्नुभयो । ‘शिक्षालाई पनि व्यवहारिक बनाउनु पर्छ, प्राबिधिक शिक्षाको बिकास गर्नुपर्छ भन्नेमा अहिले राज्य स्पस्ट छ, उहाँले भन्नुभयो, ‘सामुहिक शिक्षालाई खुुकुलो बनाउदै जाने नीति राज्यले लिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology