Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

काग्रेस प्रवेश गरेका शहिद परिवार सहित १० जना पुनः नेकपामै फर्किए


6.2K
Shares

काग्रेस प्रवेश गरेका शहिद परिवार सहित १० जना पुनः नेकपामै फर्किए

गोरखा ८, फागनु । गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक स्थित वलाङमा बुधबार नेपाली काग्रेसका १० जना स्थानीय नेता कार्यकता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । नेकपा वडा नम्बर ५ ले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रमको अबसर उनिहरु नेकपामा प्रवेश गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गोरखा जिल्ला सचिव प्रेम गुरुङले जानकारी दिनुभयो ।

केहि समय अघिमात्र नेपाली काग्रेस प्रवेश गरेका उनिहरु पुनः मीरा देवकोटाको नेतृत्वमा नेकपामा प्रवेश गरेको उहाँले बताउनुभयो । पार्टी प्रवेशका क्रममा उनिहरुले आफुहरु भुलबस नेपाली काग्रेसमा प्रवेश गरेको बताएका छन् ।

‘वलाङको सिउरेनी भन्ने ठाउँमा सडक ट्रयाक निर्माणका लागि केही ठाउँ बाँकी छ, नेकपा जिल्ला सचिव गुरुङले भन्नुभयो, त्यहि बाटोका लागि पैसा पारिदिने र महिला समुहलाई पनि पैसा दिन्छु भनेपछि प्रलोभनमा पारि उहाँहरुलाई काग्रेसमा प्रवेश गराइएको रहेछ अहिले गल्ती महसुुस गर्दै पुनः नेकपामा फर्कनु भएको छ ।’ पार्टी प्रवेश गर्नेहरुमा सहिद परिवार अंकित रम्तेल, वडासदस्य मीरा दुवाडी रहनु भएको छ ।

त्यस्तै पार्टी प्रवेश गर्ने अन्य कार्यकर्ताहरुमा पदम बहादुर चोप्रा, प्रकाश अम्गाई, ढुण्डीराज दुवाडी, राजु तामाङ, जीवन दुवाडी, जेम्स दुवाडी नुरप्रसाद भट्टराई लगायत रहनु भएको नेकपाकी जिल्ला सदस्य अनिता भुजेलले जानकारी दिनुभयो । सो अबसरमा जिल्ला सचिव गुरुङ पार्टी प्रवेश गर्ने स्थानीय नेता कार्यकर्ताहरुलाई अविर लगाएर स्वागत गर्नुभएको थियो ।

सोही कार्यक्रममा बोल्दै जिल्ला सचिव गुरुङले पार्टी प्रवेश लिनेदिने नभई बिचार, आस्था र सिदान्तका आधारमा हुने बताउनुभयो । कार्यक्रममा नेकपाका नेता दिपक देवकोटा, नेकपा अजिरकोट गाउँपालिका अध्यक्ष सनिल परियार, नेकपा गोरखा जिल्ला सदस्य अनिता भुजेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology