Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

आर आर क्याम्पसमा नेबिसंघ र प्रहरी विच झडप, दर्जनौं घाइते


3.7K
Shares

आर आर क्याम्पसमा नेबिसंघ र प्रहरी विच झडप, दर्जनौं घाइते

काठमाडौं,८ फाल्गुन । काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि नेविसंघ र प्रहरीबीच झडप भएको छ। कमिसन काण्डमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै नेविसंघले प्रदर्शन गरेको थियो।

प्रदर्शनको क्रममा झडप हुँदा त्रिभुवन विश्वविद्यालय समितिकी महामन्त्री उर्मिला थपलिया, युवराज पाण्डे, दीपक भट्टराई, त्रिवि समितिका अभ्यक्ष हरि आचार्य लगायत दर्जनौं घाइते भएका त्रिवि समिति सचिव योगेन्द्र रावलले साझाडबलीलाई जानकारी दिए।

‘घाइतेहरूको काठमाडौं मोडेल हस्पिटलमा उपचार भइरहेको छ’, उनले भने,‘ महामन्त्री उर्मिला थपलियाको अवस्था अलि गम्भीर छ।’

आफूहरूले शान्तिपूर्ण प्रदर्शन गरेता पनि प्रहरीले धरपकड गरेको उनले बताए। बिहीबार सेक्युरिटी प्रेस खरिद प्रकरणसम्बन्धी अडिओ रेकर्ड सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए। मन्त्री पदबाट राजीनामा दिए पनि कानुनी रूपमा कारबाही गर्नुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology