Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखाको शैक्षिक क्षेत्रको बिकास लागि प्रतिबद्ध छु : सांसद खड्का


4.9K
Shares

गोरखाको शैक्षिक क्षेत्रको बिकास लागि प्रतिबद्ध छु : सांसद खड्का

गोरखा ८, फागुन । प्रतिनिधि सभाका सांसद चुडामणी खड्का (प्रकाश) ले गोरखा जिल्लाको शैक्षिक क्षेत्रको बिकासका लागि आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । जिल्लाको पालुङ्टार नगरपालिका वडा नः ६ को लक्ष्मी माध्यमिक बिद्यालयको ६७ औ बार्षिक उत्सब तथा अभिभावक दिवसको बिहिबार उद्घाटन गर्नुहुदै सांसद खड्काले यस्तो बताउनु भएको हो ।

उहाँले शिक्षा क्षेत्रमा हुने आमुल परिवर्तनले मात्र सम्बृद्ध राष्ट्र निर्माण गर्न सकिने भन्दै शिक्षालाई प्राबिधिक र व्यवहारिक बनाउदै लैजानु पर्ने आबश्यकता रहेको बताउनुभयो । बिधालय शिक्षा गुणस्तरीय नभए पढेर पनि रोजगारीको अबसर प्राप्त गर्न नसक्ने भन्दै सामुदायिक बिधालयहरुले आफ्नो शैक्षिक गुणस्तर बृद्धिका लागि बिशेष जोड दिनुपर्ने बताउनुभयो ।

बाषिक उत्सव कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेलले नगरपालिकाले नगरक्षेत्र भित्रको शैक्षिक गुणस्तर बृद्धिका लागि पहल गर्दै आएको बताउनुभयोे ।

कार्यक्रममा पालुङटार नगरपालिकाकी उप–प्रमुख पम्फा बसेल, नेपाल कम्युनिष्ट पाटी पालुङ्टार नगरपालिकाका अध्यक्ष गुणराज देबकोटा लगाएको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology