Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

सुनको भाउ आकाशियो : आजको बजार मूल्य कति ?


4K
Shares

सुनको भाउ आकाशियो : आजको बजार मूल्य कति ?

काठमाडौं ८, फागुन । नेपाली बजारमा सुनको भाउ फेरि अकाशियको छ । बिहिबार (आज) सुनको भाउ बजारमा तोलामै ७८ हजार नजिक पुगेको छ । आज कायम भएको भाउले हालसम्म कायम भएको उच्च मूल्यको सबै रेकर्ड तोडेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले बिहीबारका तोकेको मूल्य अनुसार छापावाला सुनको प्रतितोला मूल्य ७७ हजार ६०० सय पुगेको छ । यो मूल्य बुधबारको तुलनामा प्रतितोला ५०० सय रुपैयाँले बढेको हो ।

यस्तै बिहीबार तेजावी सुन पनि प्रतितोला ५०० रुपैयाँले बढेर ७७ हजार ३०० रुपैयाँमा पुगेको छ भने चाँदीको भाउमा पनि बिहीबार वृद्धि भएको छ ।

चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ९१५ रुपैयाँ पुगेको छ । बिहेको सिजनमा सुनको भाउ दैनिक उकालो लाग्न थालेपछि कारोबार प्रभावित भएको व्यवसायीहरु बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology